२८ आश्विन २०८३, बुधबार

स्पेनले मोरोक्को फर्कायो ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अचानक प्रवेश गरेका हजारौं मोरोक्को र अफ्रिकाका शरणार्थीलाई देशबाट फिर्ता गराउन स्पेनले धेरै हदसम्म सफलता हासिल गरेको छ ।

गत सातादेखि अचानक हजारौंको संख्यामा स्पेनको भमि सेउटामा प्रवेश गरेका शरणार्थीलाई फिर्ता गराउन स्पेनले ठूलो सफलता हासिल गरेको हो ।

स्पेनको अनुमान अनुसार हालसम्म करिब ६९ हजार ५०० आप्रवासीहरूलाई मोरक्को फर्काइसकिएको छ, जुन ५० हजारको प्रारम्भिक अनुमानभन्दा बढी हो । सीमाको स्पेनतर्फको भागमा आधिकारिक रूपमा ७२ जनाको मृत्यु भएको छ भने मोरक्कोतर्फ ११ जनाको मृत्यु भएको छ ।

गत हप्ता मोरक्कोबाट स्पेनको भू–भाग ‘सेउटा’मा हजारौं आप्रवासीहरूको अनियन्त्रित प्रवेश पछि युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले सीमा सुरक्षाका लागि ‘एकताबद्ध कदम’ चाल्न आह्वान गरेकी छिन् ।

यस विषयमा छलफल गर्न मंगलबार युरोपेली संघका आन्तरिक मामिला मन्त्रीहरूले भिडियो कन्फरेन्समार्फत आपतकालीन वार्ता गर्ने भएका छन् । तर, सेउटामा देखिएका घटनाक्रमले युरोपेली संघका २७ सदस्य राष्ट्रहरूमध्ये केही बीचको सम्बन्धमा तनाव समेत सिर्जना गरेको छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई लेखिएको पत्रमा युरोपेली आयोगकी अध्यक्ष भोन डेर लेयनले संकटको ‘तत्काल व्यवस्थापन’ गरेकोमा उनको प्रशंसा गरिन् । तर उनले भनिन्, ‘यस घटनाबाट यो स्पष्ट हुन्छ कि हामीले संवेदनशील बिन्दुहरूमा हाम्रा सीमाहरूलाई अझ सुदृढ बनाउन थप प्रयास गर्नुपर्छ ।’ तर, सेउटामा देखिएका घटनाक्रमले युरोपेली संघका २७ सदस्य राष्ट्रहरूमध्ये केही बीचको सम्बन्धमा तनाव समेत सिर्जना गरेको छ ।

सेउटामा भएको प्रवेशको प्रतिक्रिया स्वरूप इटालीले स्पेनसँगको ‘सेन्जेन’ व्यवस्थालाई अस्थायी रूपमा स्थगन समेत गरेको थियो ।

‘सेन्जेन सम्झौता’ले सीमा जाँचको व्यवस्था हटाउँछ र यसमा हाल युरोपका २९ देश तथा ४५ करोडभन्दा बढी मानिसहरू समेटिएका छन् ।

फिनल्यान्ड र डेनमार्कले इटालीको कदमलाई समर्थन गरेका छन् भने चेक प्रधानमन्त्री आन्द्रे बाबिसले स्पेनको सेन्जेन सदस्यता अस्थायी रूपमा निलम्बन गर्न आग्रह समेत गरेका छन् । यसको जवाफमा सान्चेजले केही युरोपेली सरकारहरूप्रति आफूमा ‘गम्भीर चिन्ता’मा रहेको प्रतिक्रिया दिएका छन् भने र सेउटा सेन्जेन क्षेत्रको हिस्सा नभएको पनि दाबी गरेका छन् ।

धेरैजसोले समर्थन र ऐक्यबद्धता जनाए पनि उनले अन्य युरोपेली सरकारहरूले पूर्वाग्रह, गलत समाचार, अज्ञानता वा राजनीतिक स्वार्थबाट प्रेरित भई स्पेनमाथि प्रहार गर्ने बाटो रोजेको बताए ।

स्पेनको सर्वोच्च अदालतले स्पेन प्रवेश गरिसकेका मोरोक्कोका शरणार्थीलाई देश निकाला गर्न नमिल्ने आदेश दिएसँगै अचानक मोरोक्कोबाट शरणार्थीहरू स्पेनको सेउटमा प्रवेश गरेको स्पेनका मिडियाहरूले उल्लेख गरेका छन् ।