काठमाडौं । नेपाली भूमि लिपुलेकबाट भारत र चीनबीच व्यापारिक गतिविधि सुरूवात भएको छ ।
गत १ अगस्तबाट नेपाली भूमिबाट भारत र चीनले व्यापारिक गतिविधि सुरू गरेका हुन् ।
भारतीय तिब्बत व्यापार संघका अध्यक्ष जीवनसिंह रक्लीको नेतृत्वमा तक्लाकोट मण्डी पुगेका छन्, जहाँ व्यापारिक काम गरेका छन् । जानकारी अनुसार २० पञ्जिकृत व्यापारी र ४ भरियासहित २० जनाको पहिलो टोली चीनको स्वशाषित क्षेत्र तक्लाकोट पुगेका थिए । उनीहरू सो दिन रात बिताएर भोलिपल्ट मात्रै भारत फर्केका थिए । यसअघि ताक्लाकोटमा परम्परागत व्यापार गरिरहेका भारतीयलाई मात्रै चीनले पहिलोपटक व्यापारको अनुमति दिइएको थियो । तर, भारतबाट भने कुनै व्यापारिक सामान लगेका थिएनन् ।
भारतीय मिडियाका अनुसार धार्चुला उप जिल्ला अधिकारी शिष जोशीले बताए अनुसार गुञ्जी नाका रहेको अध्यागमन विभागमा सबै प्रकिया पूरा गरेर उनीहरू चीनको तिब्बत भूमिमा पुगेका हुन् । ३१ जुलाईमा भारतको अध्यागमन विभागमा आवश्यक प्रकिया पूरा गरेपछि १ अगस्तमा पहिलो टोली चीन प्रवेश गरेको उनले जानकारी दिए । र, अर्को व्यापारिक टोली कहिले जानेछ भन्ने बारेमा अझै जानकारी दिइएको छैन् ।
भारतीय सीमा अधिकृतका अनुसार अर्को टोलीका बारेमा चिनियाँ पक्षसँग कुराकानी भइरहेको छ ।
तर, यसबारेमा नेपालले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । नेपालले सो भूमि नेपालको भएको भन्दै भारत र चीनलाई ‘कुटनीतिक नोट’ पठाएको जानकारी परराष्ट्र मन्त्रालयले जानकारी दिए पनि भारत र चीनले नेपाल भूमिबाट पहिलोपटक व्यापारिक गतिविधि बढाएको हो ।















प्रतिक्रिया