प्युठान । प्युठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट ठूलो संख्यामा अवैध भरुवा बन्दुक बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय लुंगेबहानेबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा वनभित्र पातले छोपेर लुकाइछिपाइ राखेको अवस्थामा भरूवा बन्दुक ३२ थान, सोही बन्दुकको नाल ४ थान, कुन्दा १ थान र भरूवा बन्दुकको चाप ३ थान सोमबार बिहान बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय लुङबाहानेबाट खटिएको प्रहरीले उक्त हातहतियार फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया