३१ आश्विन २०८३, शनिबार

नर्सहरू आन्दोलनमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बिभिन्न माग राख्दै आन्दोलनरत नर्सहरुले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरुले काठमाडौंको बीर अस्पतालमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् ।

उनीहरुले १५ बुँदे माग पूरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा जोखिम, नर्सिङ सुधारको स्पष्ट रोड म्याप, नर्स बचाऔं स्वास्थ्य बचाऔ लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।