१ कार्तिक २०८३, आइतबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ८ सयले बढेर २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

महासंघका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर तोलाको ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी प्रतितोला ४ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।