काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता एनपी साउदले पार्टीलाई एकताबद्ध बनाउन वर्तमान पार्टी नेतृत्वले लचकता देखाउनु जरुरी रहेको बताएका छन् ।
शनिबार संस्थापन इतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता साउदले राष्ट्रिय भेला पार्टी विभाजनका लागि नभएको भन्दै वार्ता र संवादको माध्यमबाट सहमतिमा पुग्न सकिने प्रशस्त सम्भावनाहरू रहेको बताए । यसका लागि वर्तमान पार्टी नेतृत्वले लचकता देखाउनु जरुरी रहेको उनको भनाइ छ ।
उनले संस्थापन पक्षसँग अनौपचारिक छलफलहरू भए पनि अहिलेसम्म सार्थक बहस हुन नसकेको उल्लेख गरे ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापन पक्षलाई पठाइएको प्रस्तावमा समेत कुनै जवाफ नआएको उनको भनाइ छ ।
पार्टीको मत २७ लाखबाट घटेर १६ लाखमा झरेको र सिट संख्या ८९ बाट ३८ मा खुम्चिएको गम्भीर परिस्थितिमा पार्टी एकता अत्यन्तै जरुरी रहेको उनले बताए ।
उनले निर्वाचन आयोग र अदालते स्थापित गरेको नेतृत्वले उदारतापूर्वक सबैलाई समेट्नुपर्ने आग्रह गर्दै आएको बताए ।













प्रतिक्रिया