२८ आश्विन २०८३, बुधबार

मधेशवादी नेतासँग प्रधानमन्त्रीले भने– मलाई सङ्घीयता विरोधी सपनामा पनि नसोच्दिनुहोला

सुनसरी घटनामा सरकारले ढिलो रेस्पोन्स गरेकाले ठूलो क्षति

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफू संघीयता विरोधी नरहेको बताएका छन् ।

आज मधेशवादी दलका नेताहरूसँग छलफलका क्रममा उनले आफू संघीयता विरोधी नरहेको र संघीयतालाई बलियो बनाउने पक्षमा रहेको बताउका राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो जानकारी दिए ।

प्रधानमन्त्रीलाई उदृत गर्दै महतोले भने, ‘मलाई सङ्घीयता विरोधी सपनामा पनि नसोच्दिनुहोला । सङ्घीयतालाई बलियो बनाउने हो ।महाधिवेशनबाट गलत सन्देश गएको छ, त्यसलाई सुधार्नुपर्छ । त्यसैले सङ्घीयता विरोधी हाम्रो पार्टी पनि होइन, म स्वयं त सङ्घीयता विरोधी हुने कुरै भएन।’

प्रधानमन्त्रीसँगको छलफलमा नेताहरूले प्रधानमन्त्रीले ठिलो गरी बोल्दा तराईका जिल्लामा जातीय द्वन्द्व थप मच्चिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । सुनसरी घटनामा सरकारले ढिलो रेस्पोन्स गरेकाले ठूलो क्षति भएको कुरा आफूहरूले राखेको महतोले बताए ।

उनले भने, ‘पाँच–छ दिन भइसकेको थियो। हामीले आठ बुँदे एउटा निर्णय गरेका थियौँ, रास्वपाको सभापति रवि लामिछानेलाई दिएका थियौँ। आज प्रधानमन्त्रीलाई समेत हामी अवगत गरायौँ। यो घटना मधेशमा आगोको रूपमा फैलिरहेको छ, त्यसलाई रोक्नुपर्‍यो। राज्यले रेस्पोन्स नगरेपछि रोकिँदैन नि!’