२८ आश्विन २०८३, बुधबार

ब्रोड पिकमा हराइरहेको मध्ये चारजना आरोहीको स्थान ‘ट्रयाकिङ’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ब्रोड पिकमा हराइरहेका १० आरोहीमध्ये चारजना पदयात्रीहरूको स्थान पत्ता लागेको स्थानीय अधिकारीहरूले बताएका छन ।

स्थानीय अधिकारीहरूले बताए अनुसार करिब ६,००० देखि ७,००० मिटरको उचाइमा तीनजना पदयात्रीहरूको स्थान पत्ता लागेको हो।

विश्व प्रसिद्द आरोही निर्मल पुर्जासहित १० जनाको टोली अचानक आएको पाकिस्तानको ब्रोड पिट हिमालको हिम पहिरोमा परी बेपत्ता भएका थिए, जसमध्ये ४ को शव फेला परेको स्थानिय ट्रेकिङ कम्पनीले जनाएको छ।

पर्वतारोहीहरूले प्रायः ठूला हिमालहरू चढ्दा जीपीएस ट्र्याकिङ उपकरणहरू साथमा लैजाने गर्छन्। सन् २०२४ मा नेपाल सरकारले सगरमाथा आरोहीहरूका लागि यस्ता ट्र्याकरहरू साथमा लैजानु अनिवार्य गरेको थियो।

सो आरोहण दलमा १० जना आरोहीहरू रहेका थिए । जसअनुसार अभियान टोलीमा नादिरा अहमद अब्दुल्लाह अल हार्थी (ओमान), सोहेल सखी (पाकिस्तान), वाङ झोङ (चीन), निर्मल पुर्जा अर्थात निमस दाई (नेपाल) पूरबहादुर गुरुङ ‘युक्त’ (नेपाल) किली पेम्बा शेर्पा ‘किलु’ (नेपाल), निमा शेर्पा (नेपाल), नवाङ थिन्दु शेर्पा (नेपाल), ग्यालु शेर्पा (नेपाल) रहेका छन् ।