काठमाडौं । पाकिस्तानको ब्रड पिकको हिमपहिरोमा परेर मृत्यु भएका चारजनाको शवमध्ये एकजना नेपाली रहेको खुलेको छ ।
अल्पाइन क्लब अफ पाकिस्तानले दुईजनाको पहिचान खुलेको र एकजना नेपाली रहेको जानकारी दिएइको हो । पहिचान खुलेकामा ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुरबहादुर गुरुङ रहेका छन् ।
हिमपहिरोमा हराएका १० सदस्यीय टोलीमा ६ जना नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र एक चिनियाँ पर्वतारोही थिए। नेपाली टोलीमा निर्मल पुर्जा, पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका थिए।
अन्य पर्वतारोहीमा ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ र अमेरिकाकी म्यालोरी गाइस रहेका थिए। बेपत्ता पुर्जासहित अन्य ६ जनाको खोजी जारी छ ।













प्रतिक्रिया