२८ आश्विन २०८३, बुधबार

कुवेतमा इरानी आक्रमणमा मारिएका नेपाली को हुन् ?

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कुवेतमा इरानले गरेको आक्रमणमा परेर मृत्यु भएका नेपालीको पहिचान खुलेको छ । उनी तेह्रथुम जिल्लाका ४४ वर्षीय सोमकुमार तामाङ रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

“कुवेतको उत्तरी क्षेत्रमा २०२६ जुलाई ३० मा भएको ड्रोन आक्रमणमा परी सवारी चालकको रूपमा कार्यरत नेपाली नागरिक सोम कुमार तामाङ (वर्ष ४४, तेह्रथुम जिल्ला) को निधन भएको हो,’ कुवेतस्थित नेपाली दूतावासले भनेको छ, ‘सोमकुमार तामाङको निधन भएको कुवेतको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ,” ।

उनको शव स्वदेश फिर्ता पठाउन प्रक्रिया अगाडि बढाइएको पनि दूतावासले जानकारी दिएको छ ।