काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमपहिरोमा बेपत्ता भएका नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० जना आरोहीको नामावली सार्वजनिक भएको छ । बेपत्ता हुनेमा ६ जना नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र एक चिनियाँ आरोही रहेका छन्।
बेपत्ता हुने नेपाली आरोहीहरूमा निर्मल पुर्जा, पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, नीमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा छन्।
अन्य बेपत्ता आरोहीहरूमा ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ तथा अमेरिकाकी म्यालोरी गाइस रहेका छन्।
अहिले पाकिस्तान सेनाको एभिएसन शाखाका दुई उद्धार हेलिकोप्टर, उद्धारकर्मी र विशेष उपकरणसहित उनीहरुको खोज तथा उद्धार अभियान जारी छ ।













प्रतिक्रिया