जनकपुरधाम । धनुषामा एक जना पुरूष मृत फेला परेका छन्।
सबैला नगरपालिका-१२ रघुनाथपुर नहर चोकमा ४४ वर्षीय बण्ठु राउत मृत फेला परेका हुन् । यसअघि मृत भेटिएका व्यक्ति मन्दिरका पूजारी भएको समाचार सार्वजनिक भएकोमा प्रहरीले त्यो सत्य नभएको बताएको छ ।
राउत मन्दिरको पूजारी नभई घुमेर यताउता हिँडिरहने व्यक्ति भएको प्रहरीले जानकारी दिएको हो । उनी बाहिर काम गरेर राति कडेरी मन्दिरमा सुत्न मात्रै आउँथे । उनी सुतेकै अवस्थामा मृत फेला परेका हुन् । उनको अनुहारमा भने चोट देखिएको छ ।
यसअघि उनको घाँटी रेटेर हत्या भएको समाचार सार्वजनिक भएका थिए । प्रहरीले यस घटनालाई धार्मिक विवादसँग नजोड्न पनि आग्रह गरेको छ ।













प्रतिक्रिया