२९ आश्विन २०८३, बिहिबार

खल्तीमार्फत डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती)ले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने समय नजिकिँदै गर्दा आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै ‘१०० प्रतिशत उपहार’ योजना सञ्चालनमा ल्याएको छ ।

यस योजनाअन्तर्गत खल्तीमार्फत डिम्याट तथा मेरोशेयर नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना भाग्यमानी प्रयोगकर्ताले १०० प्रतिशत क्यासब्याक जित्ने अवसर पाउनेछन् । यो योजना साउन महिनाको अन्त्यसम्म सञ्चालन हुनेछ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क साउन १५ गतेभित्र भुक्तानी गर्न अनुरोध गरेको छ । तोकिएको समयभित्र शुल्क नबुझाएमा साउन १६ गतेदेखि डिम्याट खाता रोक्का हुनसक्नेछ ।

डिम्याट खाता रोक्का भएपछि शेयर खरिद–बिक्री लगायतका पूँजी बजारसम्बन्धी कारोबारमा असर पर्नसक्ने भएकाले समयमै नवीकरण गर्नु आवश्यक हुन्छ ।

हाल डिम्याट खाताका लागि वार्षिक १०० रुपैयाँ र मेरोशेयरका लागि वार्षिक ५० रुपैयाँ नवीकरण शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ । प्रयोगकर्तालाई समयमै नवीकरण गर्न प्रोत्साहित गर्दै खल्ती ले ‘१०० प्रतिशत उपहार’ योजना ल्याएको हो ।

योजनाअन्तर्गत खल्तीबाट ःमेरोशेयर तथा डिम्याट नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना विजेताले आफूले भुक्तानी गरेको नवीकरण शुल्क बराबरको १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् । यस योजनामार्फत प्रयोगकर्ताले वार्षिक शुल्कको भुक्तानीसँगै आकर्षक क्यासब्याक जित्ने अवसर समेत पाउने कम्पनीले जनाएको छ ।