२८ आश्विन २०८३, बुधबार

पाकिस्तानमा हिमपहिरोमा परी निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन भएका छन् ।

पाकिस्तानका पर्वतारोहण अधिकारीहरूका अनुसार काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो । घटनापछि टोलीका सदस्यहरूसँग कुनै सम्पर्क हुन नसकेको बताइएको छ ।

बेपत्ता टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी नागरिक तथा पाँच नेपाली आरोहीसहित विभिन्न देशका सदस्य रहेका छन् । हिमपहिरोपछि उनीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन ।

मौसम अनुकूल भएमा खोज तथा उद्धार अभियानका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन् ।

पाकिस्तानको अल्पाइन क्लबले सरकारी निकायहरूसँग निरन्तर समन्वय भइरहेको र तत्काल खोज तथा उद्धार अभियान सञ्चालनका लागि आवश्यक पहल भइरहेको जनाएको छ ।

क्लबले हेलिकोप्टर सहयोग सुनिश्चित गर्न तथा उपलब्ध सबै स्रोतसाधन शीघ्र परिचालन गर्न प्रयास जारी रहेको उल्लेख गरेको छ । साथै, बेपत्ता आरोहीहरूको सुरक्षित उद्धारको कामना गर्दै उनीहरूका परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति ऐक्यबद्धता व्यक्त गरेको छ ।

विश्वको १२ औँ अग्लो हिमाल ब्रोड पिकलाई पर्वतारोहणका दृष्टिले चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ ।