२८ आश्विन २०८३, बुधबार

आफ्नो क्षेत्रमा गएर सामाजिक सद्भाव अभिवृद्वि गर्न सांसदहरूलाई सभापति लामिछानेको निर्देशन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सद्भाव अभिवृद्वि, सहिष्णुता प्रवद्र्धनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।

बिहीबार सिंहदरबारमा पार्टीका कोशी तथा मधेश प्रदेशका सांसदहरुसंग छलफल गर्दै सभापति लामिछानेले सद्भाव अभिबृद्धि , सहिष्णुता प्रबद्र्धनका साथै प्रभावित जिल्लामा अवस्था सामान्यिकरणमा समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन् ।

सद्भाव अभिबृद्धि, सहिष्णुता प्रबद्र्धनका लागि रास्वपाका सांसदहरु शुक्रबार नै आ–आफ्नो क्षेत्रमा जाने भएका छन् ।

छलफलपछि रास्वपा सांसद रहबर अन्सारीले आ–आफ्ना क्षेत्रमा गएर समन्वयकारी भूमिका निर्वाह गर्न सभापतिले निर्देशन दिएको जानकारी दिए । उनले आफूहरू सम्बन्धित क्षेत्रमा गएर राज्य संयन्त्रसंगको सहकार्यमा मिलेर काम गर्ने जानकारी दिए ।

त्यस्तै सांसद इन्दिरा रानाले धार्मिक द्वन्द्व बढ्दा मुलुकभित्रकै नागरिक थप पीडामा फस्ने भएकाले सवैको सहकार्यमा सद्भाव अभिबृद्धिको काम गर्नुपर्ने धारणा राखिन् । त्यस्तै अन्य रास्वपा सांसदहरुले आपसी सद्भाव कायम गर्न आफ्नो जिल्लामा गएर समन्वयकारी भूमिका निर्वाह गर्ने धाराण राखेका छन् ।