२९ आश्विन २०८३, बिहिबार

एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुप (बीईजी)अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज (बीपीसी)का विद्यार्थीहरूले एसीसीए जुन २०२६ परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै नेपाल तथा विश्वस्तरमा उल्लेखनीय सफलता प्राप्त गरेका छन् ।

एसीसीए प्लाटिनम अप्रुभ्ड लर्निङ पार्टनर तथा लाइसेन्स प्राप्त कम्प्युटर बेस एक्जामिनेसन (सीबीई) सेन्टरको रूपमा परिचित ब्रिटिश प्रोफेशनल कलेजले अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा, अनुभवी शिक्षकको मार्गदर्शन र उत्कृष्ट सिकाइ वातावरणमार्फत विद्यार्थीलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि सक्षम बनाउँदै आएको जनाएको छ ।

यसपटकको परीक्षामा सहारा मगियाले परफर्मेन्स म्यानेजमेन्ट (पीएम) विषयमा नेपाल प्रथम र विश्व आठौं स्थान हासिल गरेकी छन् ।

त्यसैगरी, नेहा खतिवडाले स्ट्राटेजिक बिजनेस लिडर (एसबीएल)मा नेपाल प्रथम र विश्व १८ औं, तथा आशुतोष शर्माले स्ट्राटेजिक बिजनेस रिपोर्टिङ (एसबीआर)मा नेपाल प्रथम र विश्व ११औं स्थान प्राप्त गरेका छन् ।

यस्तै, आशास्वीकुमारी श्रेष्ठले एड्भान्स्ड ट्याक्सेसन (एटीएक्स)मा नेपाल दोस्रो र विश्व १७ औं, शेलिश्मा सिवाकोटीले परफर्मेन्स म्यानेजमेन्ट (पीएम)मा नेपाल तेस्रो र विश्व १३ औं, तथा राकेश साहले स्ट्राटेजिक बिजनेस रिपोर्टिङ (एसबीआर)मा नेपाल दोस्रो र विश्व १३ औं स्थान हासिल गरेका छन् ।

विद्यार्थीहरूको उपलब्धिप्रति खुसी व्यक्त गर्दै ब्रिटिश एजुकेशन ग्रुपका व्यावसायिक शिक्षा प्रमुख दिपेन्द्र के. श्रेष्ठले यो सफलता विद्यार्थीहरूको अथक मेहनत, समर्पण र अनुभवी शिक्षकहरूको निरन्तर मार्गदर्शनको प्रतिफल भएको बताए ।

यसैबीच, ब्रिटिश प्रोफेशनल कलेजले सेप्टेम्बर २०२६ को एसीसीए भर्ना खुला भएको जनाएको छ । एसीसीए अध्ययन गर्न इच्छुक विद्यार्थीलाई ललितपुरको चाकुपाटस्थित कलेजमा सम्पर्क गरी निःशुल्क शैक्षिक परामर्श लिन तथा समयमै आफ्नो सिट सुरक्षित गर्न कलेजले आग्रह गरेको छ ।