२८ आश्विन २०८३, बुधबार

बालेनलाई प्रचण्डले भने- संसद्मा आएर स्पष्टीकरण दिँदा तपाईँ सानो हुने होइन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा आएर जवाफ दिनुपर्ने माग राखेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले संसदमा आएर स्पष्टीकरण दिँदा प्रधानमन्त्री सानो नहुने बताएका हुन् ।

‘यहाँ आएर तपाई सानो हुने होइन, तपाईको कत अझ माथि जान्छ,’ उनले भने। संसद्को परम्परालाई भाँच्ने कोसिस नगर्न समेत उनले बालेनलाई सचेत गराए।

‘प्रधानमन्त्रीका कतिपय अभिव्यक्तिले असहज बनाएको छ भने स्पष्टीकरण दिनुपर्छ यो सदनमा। यो एक लोकतान्त्रिक परम्परा हो। यसलाई भाँच्ने कोसिस नगरियोस्,’ उनले भने।

यस्तै उनले आफूहरूसँग प्रधानमन्त्री बालेनले छलफलसमेत नगरेकामा पनि उनले असन्तुष्टि व्यक्त गरे । उनले बालेनलाई नेपाली उखान पनि स्मरण गराएका थिए ।

‘यसलाई बुढापाका कुरा, राम्रा कुरा भनेर ठान्नु हुन्छ भने कुरा सुन्नु बुढाको, आगो ताप्नु मुढाको भनिन्छ,’ प्रचण्डले भने, ‘यो नेपाली उखान हजारौं वर्षको अनुभवले ल्याएको भनेर ठान्नुहुन्छ भने मान्नुस्, ठान्नु हुन्न भने त तपाईकै हातमा छ।’