काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले घटनाको निष्पक्ष छानबिन गर्न र त्यहाँ गोली नै चलाउनुपर्ने स्थिति थियो कि थिएन भन्नेबारे छानबिन गर्न माग गरेका हुन् ।
उनले भने, ‘सुनसरीको कप्तानगञ्जमा बोलबमको धार्मिक यात्राका सन्दर्भमा उत्पन्न विवाद चर्किएर दुखद घटनासम्म पुग्यो, यसले कतै ठूलो साम्प्रदायिक विद्वेषको रूप लिने त होइन भन्ने चिन्ता सर्वत्र व्यक्त भइराखेको छ। यो घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो ? के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन ?’













प्रतिक्रिया