२८ आश्विन २०८३, बुधबार

रणवीर र साई पल्लवीको ‘रामायण’को ट्रेलर सार्वजनिक, सुपरस्टार यश रावणको भूमिकामा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रणवीर कपुर र साई पल्लवीको अभिनय रहेको बहुप्रतिक्षित चलचित्र ‘रामायण’को ट्रेलर सार्वजनिक भएको छ ।

निर्माण टोलीले आज बिहान ‘रामायण’को ट्रेलर सार्वजनिक गरेका हुन् ।

चार मिनेट लामो ट्रेलरमा रणवीर कपुर, साई पल्लवी, यश, रवि दुबे, अरुण गोविल, लारा दत्ता, रकुल प्रित सिंह र विवेक ओबेरोय लगायतका अधिकांश कलाकारहरू देखिएका छन् ।

निर्माताहरूले दक्षिण भारतीय सुपरस्टार यशलाई रावणको भूमिकामा प्रस्तुत गरेका छन् । रावण तीनै लोकको शासक बनेको दृश्यबाट ट्रेलरको सुरुवात छ ।

रावणको अहङ्कार तोड्न र पृथ्वीमा बढ्दै गएको पापको भार कम गर्न भगवान् विष्णु श्रीरामको रूपमा जन्म लिएको ट्रेलरमा देखाइएको छ ।

यशको परिचयपछि रणवीरको परिचय देखाइएको छ । रामको रूपमा रणवीरको लुक्स पहिले नै सार्वजनिक भइसकेको भए पनि ट्रेलरमा उनको चरित्र अझ प्रभावशाली ढंगले देखाइएको छ ।

ट्रेलरमा देवी सीताको रूपमा साई पल्लवी र लक्ष्मणको रूपमा रवि दुबेको पहिलो झलक प्रस्तुत गरिएको छ ।

नमित मल्होत्राद्वारा निर्मित ‘रामायण’ दुई भागमा प्रदर्शन हुनेछ । यसको पहिलो भाग यसै वर्षको दीपावलीमा प्रदर्शन हुनेछ भने दोस्रो भाग सन् २०२७ को दीपावलीमा रिलिज हुने तालिका छ ।