२८ आश्विन २०८३, बुधबार

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज (बुधबार) बस्दैछ ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक बिहान ११ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

आचार्यका अनुसार बैठकमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन र मनोनयनका विषयमा छलफल हुनेछ । साथै, आगामी अभियान तथा कार्यक्रम सञ्चालन र समसामयिक विषयमा पनि बैठकले निर्णय गर्ने कार्यसूची रहेको बताइएको छ ।

रास्वपाले सबै केन्द्रीय समिति सदस्यलाई निर्धारित समयमै बैठकमा उपस्थित हुन आग्रह गरेको छ ।