काठमाडौं । काठमाडौं जिल्ला अदालतले बीमा र धितोपत्र कसुरमा पक्राउ परेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
अदालतले १ करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएसँगै उनी रिहा समेत भएका छन् ।
जिल्ला अदालतले मंगलबार थुनछेक बहस सकिएपछि गोल्छालाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको पक्राउ प्रयास अघि नै व्यवसायी गोल्छा आफैं अदालतमा हाजिर भएका थिए ।







प्रतिक्रिया