काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले सुनसरी घटनाको जिम्मेवारी लिँदै गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।
फेसबुकमार्फत प्रतिक्रिया दिँदै बस्नेतले सामान्य विवादलाई साम्प्रदायिक तथा धार्मिक रंग दिएर निर्दोष युवामाथि गोली चलाइएको आरोप लगाएका छन् । उनले घटनामा संलग्न गृहमन्त्रीदेखि सम्बन्धित सबै व्यक्तिमाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् ।
बस्नेतले प्रधानमन्त्री बालेनले पनि घटनाप्रति जनतासँग माफी माग्नुपर्ने बताएका छन् । साथै, घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।







प्रतिक्रिया