१२ श्रावण २०८३, मंगलबार

नेरुडे मिर्मिरेको साधारणसभाबाट मर्जर प्रस्ताव पारित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभा भक्तपुरको कौशलटारस्थित ह्वाइट प्यालेस ब्याङ्क्वेटमा सम्पन्न भएको छ ।

अध्यक्ष राजकुमार राईको अध्यक्षतामा बसेको सभाले सामान्य तथा विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो ।

सभामा अध्यक्ष राईले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वित्तीय सुधार, निष्क्रिय कर्जा व्यवस्थापन, जोखिम नियन्त्रण र व्यवसाय पुनर्संरचनाका प्रयासबारे जानकारी दिए ।

शेयरधनीहरूले निष्क्रिय कर्जा घटाउने, घाटामा रहेका शाखालाई सुधार गर्ने, सुशासन सुदृढ बनाउने र समयमै साधारणसभा आयोजना गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलले संस्थाको वित्तीय अवस्था सुधारोन्मुख रहेको उल्लेख गर्दै शेयरधनीका सुझावलाई आगामी कार्ययोजनामा समेटिने बताए ।

सभाले नियामकीय स्वीकृतिपछि पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा आवश्यक परे समान प्रकृतिका लघुवित्त संस्थासँग गाभिने वा प्राप्ति (मर्जर/एक्विजिसन) प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ ।