१२ श्रावण २०८३, मंगलबार

लगातार दुई खेल हारेको नेपाल आज नामिबियासँग भिड्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । लगातार दुई खेल हारेको नेपाल आज नामिबियासँग खेल्दैछ ।

आइसिसी पुरुष विश्वकप लिग २ मा दुई खेलमा पराजय भोगेको नेपालले आज नामिबियाको सामना गर्न लागेको हो ।

नेदरल्यान्ड्समा आज हुने हुने खेलमा नेपालले नामबियासँग नेपाली समयअनुसार दिउँसो २ः४५ बजेबाट खेल्न सुरू गर्नेछ ।

नेपाल पछिल्लो खेलमा पनि नामिबियासँग ८ विकेटले पराजित भएको थियो भने सो अघि नेदरल्यान्ड्ससँग पनि नेपाल ६ विकेटले पराजित भएर लगातार दोस्रो हार भोगिसकेको छ ।

पछिल्लो पटक नेपालले ब्याटिङ र बलिङ दुवै कमजोर गरेको आलोचकहरूले जनाएका छन् ।

३० खेलमा २४ अंक जोडेको नेपाल पाचौं स्थानमा छ भने समान खेलबाट समान अंकसहित नामिबिया एककदम अर्थात छैटौं स्थानमा छ । सोही समूहमा रहेको अमेरिकाले ३२ खेलबाट ४३ अंकसहित ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेको छ ।