काठमाडौं । साउन महिना सुरु भएसँगै नेपाली संगीत बजारमा तीज गीतहरु सार्वजनिक हुने क्रम बढेको छ ।
यही क्रममा सर्जक कस्तुप पन्तले नयाँ तीज गीत ‘खाली भयो जेब’ सार्वजनिक गरेका छन् ।
गायिका एलिना चौहानको स्वरले सजिएको गीतमा पन्तको शब्द तथा संगीत रहेको छ ।
गीतमा रमेश सेन्चुरीको संगीत संयोजन र कुमार पुनको मिक्सिङ तथा मास्टरिङ रहेको छ । मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिष्ट खुमन राना र सुमन राना हुन् । गीतमा रामजी खाँणको पनि स्वर सुन्न सकिन्छ ।
यस गीतमा वैंशालु युवतीका रहर र चाहनाहरुलाई गीतको मुख्य विषयवस्तु बनाइएको छ । तीज गीतमा महादेवसँग आरधना गर्दै उनले आफ्ना रहरहरु पूरा गरिदिन विन्ती गरेकी छिन् ।
गीतको भिडियोतर्फ मोडल एलिना रायमाझी र पार्वती श्रेष्ठको मुख्य अभिनय र धमाकेदार नृत्य देख्न सकिन्छ । स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशनमा तयार भएको उक्त भिडियोलाई करण चैसिरले छायाङ्कन र विनोद बमले सम्पादन गरेका हुन् ।
चाडवाडको संस्कृति र समसामयिक सामाजिक परिवेशलाई कलात्मक रूपमा प्रस्तुत गरिएकाले यस वर्षको तीजमा यो गीतले श्रोता तथा दर्शकको भरपूर माया पाउने विश्वास निर्माण पक्षले लिएको छ ।
गीतलाई आधिकारिक युट्युब च्यानल र विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको छ ।







प्रतिक्रिया