१० श्रावण २०८३, आइतबार

इरानमाथि ठूलो सैन्य आक्रमणको योजनाबाट पछि हटे ट्रम्प

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको ठूलो आक्रमणलाई तत्कालका लागि रोकेका छन् ।

अमेरिकी समाचार संस्था एक्सियोसका अनुसार, शुक्रबार आफ्ना उच्च सल्लाहकार तथा मन्त्रिपरिषद्का सदस्यहरूसँगको बैठकपछि ट्रम्पले आफ्ना सेनालाई ठूलो आक्रमण रोक्न आदेश दिएका हुन् ।

ट्रम्पले वासिङ्टन र तेहरानबीच वार्ता भइरहेको र यसपटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको समेत उल्लेख गरेका छन् ।

रिपोर्टका अनुसार, बैठकमा अमेरिकी सैन्य अधिकारीहरूले चेतावनी दिएका थिए कि यदि आक्रमणलाई अझ विस्तार गरियो भने मध्यपूर्वमा तैनाथ अमेरिकी फौजसँग रहेका प्याट्रियट इन्टरसेप्टर मिसाइल र अन्य हवाई प्रतिरक्षा हतियारहरूको भण्डार गम्भीर रूपमा रित्तिन सक्नेछ । जानकारी अनुसार, अप्रिलको अन्त्यसम्ममा अमेरिकाले १२ सय बढी प्याट्रियट इन्टरसेप्टर मिसाइल प्रयोग गरिसकेको थियो ।

एक्सियोसका अनुसार, आक्रमण रोक्ने उक्त निर्णय अस्थायी हो या दीर्घकालसम्म कायम रहनेछ भन्ने विषय हाल स्पष्ट छैन । तर आवश्यकता परेको अवस्थामा अमेरिकी सेना ठूलो सैन्य कारबाहीका लागि तयार रहेको उल्लेख गरिएको छ ।