२८ आश्विन २०८३, बुधबार

पौडीबाज चाड ले क्लोस बने कमनवेल्थमा सबैभन्दा बढी उपाधि जित्ने खेलाडी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दक्षिण अफ्रिकी पौडीबाज चाड ले क्लोसले पुरुष ४×१०० मिटर फ्रिस्टाइल रिलेमा काँस्य पदक जितेसँगै कमनवेल्थ खेलकुदको इतिहासमा सर्वाधिक पदक जित्ने पुरुष खेलाडी बनेका छन् ।

यो कीर्तिमानी १९ औं पदकले क्लोसलाई अस्ट्रेलियाका सुटर फिल एडम्स र इङ्ल्यान्डका मिक गल्टभन्दा अघि पुर्‍याएको छ ।

‘काँस्य पदक जित्दा म रुनु नपर्ने हो, स्वर्ण जित्दा पो रुनुपर्ने हो तर साँचो भन्नुपर्दा यो मेरो लागि संसारभरको खुसी बराबर छ,’ ३४ वर्षीय ले क्लोसले पछिल्लो सफलता पछि भने । यससँगै कमनवेल्थ खेलकुदमा ले क्लोसको कुल पदक संख्या ७ स्वर्ण, चार रजत र आठ काँस्य पुगेको छ ।

टोलक्रस स्विमिङ पुलमा उनको यात्रा अझै बाँकी नै हुन सक्छ किनकी उनी ५० र १०० मिटर बटरफ्लाइ दौडमा पनि सहभागी हुँदैछन् ।

ले क्लोसले सन् २०१० मा नयाँ दिल्लीमा भएको कमनवेल्थ खेलकुदबाट आफ्नो यात्रा सुरु गरेका थिए, जहाँ १८ वर्षको उमेरमा उनले पाँचवटा पदक जितेका थिए । यो उनको पाँचौँ कमनवेल्थ खेलकुद हो ।

आफ्नो शानदार खेल जीवनमा उनले चारवटा ओलम्पिक पदक, जसमा एउटा स्वर्ण समावेश पनि छ । र, १६ वटा विश्व उपाधिहरू जितेका छन्, यीमध्ये अधिकांश सफलता बटरफ्लाइ विधामा प्राप्त भएका हुन् ।

समाचार अनुसार उनले अब सन् २०२८ मा लस एन्जलसमा हुने पाँचौँ ओलम्पिक खेलकुदमा पनि प्रतिस्पर्धा गर्ने योजना बनाएका छन् ।