काठमाडौं । नेकपा (एमाले)का नेता सूर्य थापाले एमाले र नेकपाबीच प्रदेश सरकारमा सुरु हुन लागेको सहकार्य दुई कम्युनिष्ट पार्टीबीच कार्यगत एकता र स्थानीय तहको निर्वाचनमा तालमेल हुने दिशामा अघि बढ्ने बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारमा सत्ता सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेपछि नेता थापाले यस्तो बताएका हुन् ।

‘प्रदेश सरकारमा सहकार्य, दुई कम्युनिष्ट पार्टीबीच कार्यगत एकता र स्थानीय निर्वाचनमा तालमेलको दिशा’ थापाले फेसबुकमा लेखेका छन् ।
एमाले–नेकपाको तीन बुँदे सहमतिअनुसार सातै प्रदेशमा सत्ता सहकार्य गर्ने समझदारी भएको छ । सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ ।
यस्तै, मधेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमतिपत्रमा उल्लेख छ ।








प्रतिक्रिया