९ श्रावण २०८३, शनिबार

नागढुङ्गा सुरुङमार्गको शिलालेखबाट केपी ओलीको नाम हटाएर इतिहास मेटाउँदै बालेन सरकार

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता समेत रहेका बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारले निर्माण सम्पन्न भएर सञ्चालनको तयारीमा रहेको नागढुङ्गा–नौबिसे सुरुङमार्गको शिलान्यासको अभिलेखबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाउन निर्देशन दिएको खुलेको छ ।

निर्माणमा संलग्न प्राविधिक स्रोतहरूले दिएको जानकारी अनुसार प्रधानमन्त्री बालेनको निर्देशन अनुसार नै तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले गरेको शिलान्यासको अभिलेख शिलालेखबाट हटाइएको हो ।

स्रोतका अनुसार सुरुङमार्ग उद्घाटनअघि ओलीको नाम नराख्न निर्देशन दिइएको हो ।

निर्माणमा संलग्न एक प्राविधिक भने, “जसले आयोजना सुरु गर्‍यो, उसको योगदानलाई ओझेलमा पार्ने प्रयासस्वरुप सरकारले यस्तो घटिया हर्कत गरेको हो ।” उनका अनुसार सुरुङमार्गमा आवत जावत गर्नेले पूर्वप्रधानमन्त्री ओलीले गरेको गौरवको काम सम्झिरहने भएकोले शिलान्याशको अभिलेख शिलालेखबाटै हटाउने निर्देशन दिइएको थियो ।

यस सुरुङमार्गलाई ड्रिम प्रोजेक्टका रुपमा अघि बढाउँदै ओलीले नेपाललाई सुरुङमार्गको युगमा प्रवेश गराउने योजनाका साथ काम तीव्र गतिमा बढाएका थिए ।

तर ओलीलाई सरकारबाट हटाइएपछि सरुङमार्गको काममा ढिलाइ भएको थियो ।

अहिले सबै काम सकिएपछि यो सुरुङमार्गको उद्घाटन यही साउन ११ गते सोमबार उद्घाटन गर्ने सरकारको तयारी छ ।

२०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री ओलीले यो बहुप्रतीक्षित सुरुङमार्गको शिलान्यास गरेका थिए ।

काठमाडौंको मुख्य प्रवेशद्वारको वर्षौंदेखिको सास्ती अन्त्य गर्ने उद्देश्यसहित ओलीले यस आयोजनालाई राष्ट्रिय प्राथमिकताको परियोजनाका रूपमा अघि बढाएका थिए । नागढुङ्गा–नौबिसे सुरुङमार्ग २ हजार ६८८ मिटर लामो रहेको छ ।

आयोजना सञ्चालनमा आएपछि काठमाडौं प्रवेश गर्ने मुख्य सडकको ट्राफिक जाम कम हुने, यात्रा समय घट्ने तथा ढुवानी व्यवस्थामा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ ।

Skip This