९ श्रावण २०८३, शनिबार

बालेन सरकार र रास्वपा लामो समय टिक्दैन : शंकर पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह (बालेन) नेतृत्वको सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दीर्घकालसम्म टिक्न नसक्ने बताएका छन् । उनले नाटकीय रूपमा उदाएका राजनीतिक शक्तिको पतन पनि त्यत्तिकै छिटो हुने बताएका हुन् ।

शनिबार काठमाडौंमा नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले पपुलिजम, एनार्किजम (अराजकतावाद) र अपर्चुनिजम (अवसरवाद)का आधारमा बनेका राजनीतिक शक्ति दीर्घकालीन चुनौती बन्न नसक्ने बताए ।

उनले भने, “आज बालेन्द्र सरकार पपुलिजम, एनार्किजम र अपर्चुनिजमका कारण बन्यो, यो लामो समयको चुनौती हो भन्ने लाग्दैन । कुनै पनि शक्तिको उदय जति छिटो हुन्छ, पतन पनि त्यति नै छिटो हुने सम्भावना रहन्छ । यो विज्ञानको कुरा हो,” पोखरेलले भने, “नाटकीय रूपमा उदाएको रास्वपाको पतन त्यसैगरी हुन्छ, यसमा ढुक्क हुँदा हुन्छ ।”

पोखरेलले रास्वपाको पतन निश्चित भए पनि उनीहरूको असफलतापछि जनमत स्वतः आफूहरुतिर फर्किन्छ भन्नेमा विश्वस्त हुन नसकिने बताए ।

पोखरेलका अनुसार एउटा पपुलिस्ट शक्तिको असफलतापछि अर्को पपुलिस्ट शक्तिले स्थान लिनसक्ने भएकाले जनमत स्वतः आफ्नो पक्षमा आउने अपेक्षामा ढुक्क भएर बस्न नहुने उनको भनाइ थियो ।

Skip This