काठमाडौं । सामसङ नेपालले नेपालको नयाँ पुस्ताको डिजिटल प्रतिभा विकास गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्दै पछिल्लो सामसङ इनोभेसन क्याम्पस (एसआईसी)ले कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेको छ । साथै, नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्सका लागि आवेदन खुला गरेको जानकारी गराएको छ ।
डिसेम्बर २२, २०२५ देखि जुन ३०, २०२६ सम्म सञ्चालन भएको एसआईसीअन्तर्गतको कोडिङ र प्रोग्रामिङ कोर्सले विद्यार्थीहरूलाई प्राविधिक सीप, व्यावहारिक परियोजना अनुभव र उद्योग एक्सपोजर प्रदान गरेको थियो । कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने विद्यार्थीहरूलाई एक विशेष समारोहमा सम्मान गरिएको थियो ।
‘गत डिसेम्बरमा नेपाल आएको केही समयपछि सामसङ इनोभेसन क्याम्पसमा उपस्थित हुँदा मैले नेपालको युवा प्रतिभामा अपार सम्भावना देखेँ । आज त्यो सम्भावनालाई वास्तविक उपलब्धिमा परिणत भएको देख्दा म गर्व गर्छु । आर्टिफिसियल इन्टेलिजेन्सले हरेक उद्योगलाई पुनः आकार दिँदै गर्दा डिजिटल प्रतिभाको विकास गर्नु पहिलेभन्दा बढी महत्त्वपूर्ण छ । सामसङ इनोभेसन क्याम्पसमार्फत सामसङले युवाहरूलाई सीप, आत्मविश्वास र नवीन सोच प्रदान गरी नेपालको डिजिटल भविष्यको नेतृत्व गर्न मद्दत गरिरहेको छ,’ सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले भने ।
सामसङको ग्लोबल सीएसआर भिजन ‘भोलिको लागि एकसाथ ! मानिसहरूलाई सक्षम बनाउने’अन्तर्गत सन् २०२३ मा नेपालमा सुरु भएको सामसङ इनोभेसन क्याम्पसले सञ्चार, सहकार्य र आलोचनात्मक सोच जस्ता आवश्यक कार्यस्थल क्षमताहरूलाई सुदृढ गर्दै उदीयमान प्रविधिहरूमा उद्योग सान्दर्भिक सीप प्रदान गर्दछ ।










प्रतिक्रिया