९ श्रावण २०८३, शनिबार

राष्ट्रिय परिचयपत्र नम्बरबिना वालेट अद्यावधिक नहुने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (वालेट)सम्बन्धी व्यवस्था संशोधन गर्दै राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गर्ने निर्णय गरेको छ ।

शुक्रबार जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ को १५ औं संशोधनअनुसार अब नेपाली नागरिकलाई वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसारको विवरण यकिन गर्नुपर्नेछ ।

राष्ट्र बैंकले २०८३ असोज मसान्तभित्र सबै वालेट प्रयोगकर्ताबाट राष्ट्रिय परिचयपत्रसम्बन्धी स्वघोषणा लिन र राष्ट्रिय परिचयपत्र लिइसकेका प्रयोगकर्ताले सोही अवधिभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ ।

विदेशमा रहेका नेपालीले भने अनलाइनमार्फत वालेट खोल्न पाउने हालको व्यवस्था यथावत रहनेछ । उनीहरूले नेपाल फर्किएको छ महिनाभित्र राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ ।

त्यस्तै, अशक्त तथा असहाय नागरिकका हकमा राष्ट्रिय परिचयपत्र नभए पनि अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न र कारोबार गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Skip This