९ श्रावण २०८३, शनिबार

प्रधानमन्त्री बालेनको सचिवालयमा २७ जना नियुक्त, २ सल्लाहकारलाई मन्त्रीसरह सुविधा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’को स्वकीय सचिवालयमा हाल २७ जना नियुक्त भएको खुलेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)ले प्रतिनिधि सभामार्फत सोधेको लिखित प्रश्नको जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त जानकारी गराएको हो ।

प्रधानमन्त्री कार्यालयका अनुसार मुख्य सल्लाहकार कुमार बेञ्जनकार (कुमार बेन) र राजनीतिक सल्लाहकार अशिम साहलाई मन्त्रीसरह सेवा सुविधा उपलब्ध गराउने गरी नियुक्त गरिएको छ ।

त्यस्तै, नीति, प्रशासन तथा सुशासन सल्लाहकार र सूचना तथा सञ्चार प्रविधि सल्लाहकारलाई राज्यमन्त्रीसरह सेवा सुविधा प्रदान गरिएको कार्यालयले जनाएको छ ।

मन्त्री तथा राज्यमन्त्रीसरह सुविधा प्राप्त सचिवालयका सदस्यहरूलाई सरकारी गाडी र चालकको सुविधा समेत उपलब्ध गराइएको छ ।

सांसद थपलियाले प्रधानमन्त्रीको सचिवालयमा नियुक्त सदस्यहरूको संख्या, उनीहरूको जिम्मेवारी तथा सेवा सुविधासम्बन्धी विवरण माग गरेकी थिइन् । त्यसको लिखित जवाफमा प्रधानमन्त्री कार्यालयले हाल सचिवालयमा २७ जना नियुक्त भएको र सचिवालयमा ४८ जनासम्म राख्न सक्ने व्यवस्था रहेको दाबी गरेको छ ।

Skip This