९ श्रावण २०८३, शनिबार

द ब्रिटिस मोडल कलेजका ५ विद्यार्थी ब्रोंज अवार्डबाट सम्मानित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । द ब्रिटिस मोडल कलेजका पाँच जना विद्यार्थीले विश्वकै प्रतिष्ठित युवा विकास कार्यक्रम ‘द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड’अन्तर्गत ब्रोंज अवार्ड प्राप्त गरेका छन् । सम्मानित हुने विद्यार्थीहरूमा आर्या गुरुङ, मरिशा देवी गुरुङ, नेइर अमात्य, सियाना र शशांक झा रहेका छन् ।

काठमाडौंको गैरीधारामा आयोजित नेशनल अवार्ड सेरेमोनी २०२६ मा उनीहरुलाई सम्मान गरिएको हो ।

द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड विश्वव्यापी रूपमा मान्यता प्राप्त युवा विकास कार्यक्रम हो, जसले युवाहरूलाई नयाँ सीप सिक्न, शारीरिक रूपमा सक्रिय रहन, सामुदायिक सेवामा योगदान दिन तथा साहसिक यात्रामार्फत आफ्नो व्यक्तित्व विकास गर्न प्रेरित गर्छ ।

विद्यार्थीहरूलाई बधाई दिँदै बीईजी बोर्ड तथा कलेज व्यवस्थापनका तर्फबाट अरुणले भने, ‘तपाईंहरूको मेहनत, समर्पण र प्रतिबद्धताले हामी सबैलाई गौरवान्वित बनाएको छ । तपाईंहरूको उपलब्धि अन्य विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको छ । आगामी दिनहरूमा पनि तपाईंहरूले अझ धेरै सफलता हासिल गर्नुहोस् भन्ने हाम्रो शुभकामना छ ।’

कलेजले विद्यार्थीहरूलाई यस उपलब्धिसम्म पुग्न आवश्यक मार्गदर्शन र निरन्तर साथ दिएका मेन्टर राजन कुमार राईप्रति विशेष आभार व्यक्त गरेको छ ।

Skip This