काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले शुक्रबार राजीनामा दिएका छन् ।
राष्ट्रपति शहाबुद्दिनले आफ्नो पाँच वर्षे कार्यकाल पूरा हुनुभन्दा करिब दुई वर्षअघि नै पदबाट राजीनामा दिएका हुन् ।
पूर्वप्रधानमन्त्री शेख हसिनासँगको निकट सम्बन्धका कारण शहाबुद्दिन पदमा कायम रहेको विषयमा सरकार असन्तुष्ट रहेको खबर आएको थियो ।
हसिनाले डिसेम्बरमा बंगलादेश फर्कने घोषणा गरेपछि शहाबुद्दिनको राजीनामा आएको हो ।
बंगलादेशको संविधानअनुसार, अब नयाँ राष्ट्रप्रमुख निर्वाचित नभएसम्म संसदका सभामुखले अन्तरिम राष्ट्रपतिको भूमिका निर्वाह गर्नेछन् ।
हसिनाका लामो समयदेखिका सहयोगी शहाबुद्दिन सन् २०२३ मा निर्विरोध राष्ट्रपति निर्वाचित भएका थिए ।










प्रतिक्रिया