९ श्रावण २०८३, शनिबार

काभा च्याम्पियनसिपमा पहिलो जितको खोजीमा नेपाल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिस २०२६ मा नेपालले पहिलो जित हासिलका लागि मैदानमा उत्रदैछ ।

इस्लामावादमा जारी काभा च्याम्पियनसिपमा लगातार दोस्रो पराजय भोगेको नेपालले आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । सो खेल नेपाली समयअनुसार बेलुका ५ः४५ बजे हुनेछ ।

पछिल्ला दुई खेलमा पराजित नेपाली टोली लियाकत व्यायामशाला, इस्लामवादमा पहिलो जितको लक्ष्यमा रहनेछ । यसअघिका खेलमा नेपाल क्रमशः काजकिस्तान र श्रीलंकासँग समान ३–२ सेटको नतिजामा पराजित भएको थियो ।

सिंगल राउन्ड रोविन लिगपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

शीर्ष चारमा अटाउन नसक्ने टोलीले पाँचौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सेमिफाइनल सम्भावनालाई कायमै राख्न नेपाललाई शुक्रबार जितको विकल्प छैन ।

पाकिस्तानपछि नेपालले आइतबर बंगलादेश र सोमबार पहिलो चरणको अन्तिम खेलमा उज्वेकिस्तानको सामना गर्नेछ ।

Skip This