८ श्रावण २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार बहुमूल्य धातुको मूल्यमा तीव्र गिरावट आएको छ । कारोबार अवधिमा सुनको मूल्य २.८३ प्रतिशत अर्थात् ११७ अमेरिकी डलरले घटेर प्रतिऔंस ४ हजार २८ डलरमा झरेको छ ।

पछिल्लो गिरावटले विश्व बजारमा सुरक्षित लगानीका रूपमा चिनिने सुनमा बिक्री दबाब बढेको संकेत गरेको छ ।

सुनसँगै चाँदीको मूल्य पनि उल्लेख्य रूपमा ओरालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । चाँदीको मूल्य २.६२ अमेरिकी डलर अर्थात् ४.३८ प्रतिशतले घटेको छ ।

बजार विश्लेषकहरूका अनुसार अमेरिकी डलर बलियो बन्दै जानु, ब्याजदरसम्बन्धी अपेक्षामा आएको परिवर्तन तथा लगानीकर्ताले जोखिमयुक्त सम्पत्तितर्फ आकर्षण बढाउँदा सुन र चाँदीमा बिक्री चाप देखिएको हो । यस्ता कारणले बहुमूल्य धातुको मूल्यमा अल्पकालीन दबाब परेको विश्लेषण गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि पर्ने भएकाले आगामी दिनमा स्थानीय बजारमा सुनचाँदीको मूल्यमा समेत यसको असर देखिन सक्ने अनुमान गरिएको छ ।