काठमाडौं । वर्षायाममा हावामा हुने उच्च आर्द्रताका कारण छाला चिपचिपे र तैलीय हुनुका साथै डन्डीफोर आउने सम्भावना बढ्छ ।
यस्तो अवस्थामा केवल फेसवासको प्रयोग पर्याप्त नहुन सक्छ । यदि तपाईं धेरै खर्च नगरी छालाको हेरचाह गर्न चाहनुहुन्छ भने घरमै पाइने प्राकृतिक सामग्रीबाट बनाइएका फेस प्याकहरू निकै उपयोगी हुन सक्छन् ।
यी फेस प्याकहरूले छालालाई सफा, नरम र ताजा राख्न मद्दत गर्छन् । सुत्नु अघि राती यस्ता फेस प्याकहरू प्रयोग गर्नु लाभदायक मानिन्छ यसले छालाको पीएच सन्तुलन कायम राख्न र प्राकृतिक चमक जोगाइराख्न निकै मद्दत पुर्याउँछ । आउनुहोस्, जानौँ त्यस्ता फेस प्याकहरूका बारेमा ।
ओट्स र दही
यस फेस प्याकका लागि आवश्यक सामग्रीहरू तपाईंको भान्सामा नै सजिलै पाइन्छन् । ओट्स, दही, मह र अण्डालाई मिसाउनु होस् र उक्त मिश्रणलाई १५–२० मिनेटसम्म अनुहारमा लगाउनु होस् । यसले अनुहारको अतिरिक्त चिल्लोपन हटाउन र छालालाई नरम बनाउन मद्दत गर्छ ।
बेसन र गुलाब जल
बेसनमा बेसार, कागतीको रस र गुलाब जल मिसाएर लेप अर्थात पेस्ट तयार पार्नुहोस् । यसलाई १५ मिनेटसम्म अनुहारमा लगाउनु होस् । यो छाला सफा गर्न र डन्डीफोरको समस्या कम गर्न उपयोगी मानिन्छ ।
मह र टी ट्री तेल
महमा ल्याभेन्डर र टी–ट्री एसन्सियल आयलका केही थोपा मिसाउनु होस् र उक्त मिश्रणलाई १० मिनेटसम्म अनुहारमा लगाउनु होस् । यसले छालालाई शान्त पार्न र डन्डीफोर सम्बन्धी समस्याहरू कम गर्न मद्दत गर्न सक्छ ।
चन्दन र बेसार
वैकल्पिक रूपमा चन्दनको धुलो, बेसार र गुलाब जल प्रयोग गरेर पेस्ट बनाउनु होस् र यसलाई अनुहारमा लगाउनु होस् । यसले छालालाई शीतलता प्रदान गर्न र अतिरिक्त चिल्लोपन कम गर्न मद्दत गर्छ ।
कागती र मह
उपलब्ध जानकारी अनुसार तपाईं कागतीको रसमा मह मिसाएर उक्त मिश्रणलाई १० मिनेटसम्म अनुहारमा लगाउन सक्नुहुन्छ । यसले छालाको पिएच सन्तुलनमा राख्न र यसको प्राकृतिक चमक कायम राख्न मद्दत गर्न सक्छ ।










प्रतिक्रिया