१० श्रावण २०८३, आइतबार

सोनम वाङचुकले २७ औं दिनमा तोडे अनसन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा नीट प्रश्नपत्र लीकको विरोधमा अनसन बसेका सामाजिक अभियन्ता सोनम वाङचुकले २७ औं दिनमा आफ्नो अनसन तोडेका छन् ।

वाङचुक गुरुग्रामस्थित मेदान्ता अस्पतालमा उपचाररत छन् ।

गएराति केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह मेदान्ता अस्पताल पुगेका थिए ।

नड्डाले वाङचुकलाई जुस पिलाएर उनको अनसन तोडाएका हुन् ।

वाङचुकले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विभिन्न राजनीतिक दलका ६५ जना सांसदले मलाई मेरो अनसन अन्त्य गर्न आग्रह गर्नुभएको थियो । लामो छलफल, निश्चित सर्तहरूमा सहमति र देशमा हुन सक्ने हिंसाको आशङ्कालाई मध्यनजर गर्दै मैले यो निर्णय लिएको हुँ ।’

वाङचुकले कक्रोच जनता पार्टीको विरोध प्रदर्शनका क्रममा जुन २८ मा अनिश्चितकालीन अनसन सुरु गरेका थिए ।

स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई १८ जुलाईमा सफदरजङ अस्पताल र त्यसपछि २१ जुलाईमा मेदान्ता अस्पताल सारिएको थियो ।

उनले नीट परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेका थिए ।