काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका छन् ।
बिहीबार कांग्रेसद्वारा राष्ट्रिय सभागृहमा आयोजित ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा समारोहलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।
उनले साउन १२–१३ गते बस्ने केन्द्रीय समिति बैठकले उक्त निर्णय अनुमोदन गर्ने विश्वास व्यक्त गरे ।
थापाले पार्टीमा उनको लामो योगदान, संगठन निर्माणमा भूमिका र कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गरिसकेका श्रेष्ठलाई वरिष्ठ नेता बनाउन लागिएको बताए ।
क्यान्सरबाट पीडित श्रेष्ठ विगत १० दिनदेखि आइसियुमा उपचाररत छन् ।
थापाले श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।







प्रतिक्रिया