११ श्रावण २०८३, सोमबार

कक्रोचको आन्दोलनलाई अन्ना हजारेको पनि समर्थन, गरे मौन बिरोध

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली । सामाजिक अभियन्ता अन्ना हजारेले विद्यार्थीहरूको प्रदर्शनको समर्थनमा बिहीबार महाराष्ट्रको अहिल्यानगरमा मौन विरोध प्रदर्शन सुरु गरेका छन्।

दिल्लीमा आन्दोलनरत विद्यार्थीहरूप्रति ऐक्यबद्धता जनाउन सामाजिक अभियन्ता अन्ना हजारेले बिहीबार महाराष्ट्रको अहिल्या नगरमा दुई घण्टा लामो ‘मौन आन्दोलन’ गरेका हुन ।

‘अन्नाले बिहान ११ बजे आफ्नो आन्दोलन सुरु गरे र दिउँसो १ बजे त्यसलाई टुङ्ग्याए,’ अन्नाका सामाजिक अभियन्ताका सहयोगी दत्ता अवारीले जानकारी दिँदै भने ।

अहिल्या नगरस्थित महात्मा गान्धीको प्रतिमा स्थलमा आन्दोलन गरेका हजारे त्यसपछि सोही जिल्लामा पर्ने आफ्नो गाउँ रालेगन सिद्धि फर्किएका छन् ।

मौन ब्रत सुरू गर्नु अघि अन्ना हजारेले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पनि लेखेका थिए । प्रधानमन्त्री सर्वोच्च नेता भएकाले जनताका प्रश्नहरू मोदीसम्म पुर्‍याउनु आवश्यक रहेको उनको भनाइ छ।

ककरोच जनता पार्टीले दिल्लीको जन्तर मन्तरमा आफ्नो विरोध प्रदर्शन जारी राखेका छन् । बिहीबार बिहानैदेखि त्यहाँ हजारौं मानिसहरू भेला भइरहेका छन्। पार्टी प्रमुख अभिजित दीपकेले भाजपाद्वारा पठाइएका गुण्डाहरू प्रदर्शनकारीहरूको बीचमा पसेर ढुङ्गामुढा गरिरहेको आरोप लगाएका छन्।

यसैबिच, ककरोच जनता पार्टीको विरोध प्रदर्शनसम्बन्धी मुद्दामा शुक्रबार दिल्ली उच्च अदालतमा सुनुवाइ हुने भएको छ । प्रदर्शनकारीहरूले दिल्लीलाई बन्धक बनाएको आरोप लगाउँदै एक जनहित याचिका दायर गरिएको छ। यसका कारण धेरै सडकहरू बन्द छन् र सर्वसाधारणले निकै सास्ती भोगिरहेका छन्।