काठमाडौं । जापानमा हुने एसियन गेम्स २०२६ अन्तर्गत क्रिकेटतर्फ नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्ने भएको छ ।
बिहीबार प्रकाशित ‘ड्र रिजल्ट’ अनुसार नेपालले समुह चरणमा खेल्ने प्रतिद्वन्द्वीको टुङ्गो लगाउने क्रममा समूह ‘ए’ मा नेपाल,अफगानिस्तान र जापान परेका छन् भने समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान परेका छन् । हरेक समूहबाट शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।
भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान भने सोझै क्वाटरफाइनल खेल्ने छन् । हरेक समूहबाट शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।
नेपालले यसअघि सन् २०२२ मा चीनमा भएको एसियन गेम्समा क्वाटरफाइनलसम्मको यात्रा तय गरे पनि भारतसँग पराजित भएको थियो ।







प्रतिक्रिया