नयाँ दिल्ली । कक्रोच जनता पार्टीले दिल्लीको जन्तरमन्तर र ‘चलो संसद’ प्रदर्शनका क्रममा उठाएको मुद्दा भारतीय कलाकारहरूले समर्थन जनाउने क्रम जारी राखेका छन् ।
प्रश्नपत्र चुहावट र शिक्षा क्षेत्रमा भएको भनिएको अनियमितता तथा विद्यार्थीहरू माथि प्रहरीले गरेको कारबाहीको विरोधमा धेरै चर्चित भारतीय कलाकार, चलचित्र निर्माता र गायकहरूले प्रत्यक्ष तथा सामाजिक सञ्जालमार्फत समर्थन र ऐक्यबद्धता जनाएका हुन् ।
यी कलाकार जसले जनाए आन्दोलनमा समर्थनः
अनुराग कश्यप :
प्रसिद्ध चलचित्र निर्माता तथा निर्देशक कश्यपले इन्स्टाग्राममार्फत विद्यार्थीहरूको आन्दोलनको समर्थन गर्दै प्रहरी कारबाहीको तीव्र आलोचना गरेका छन् ।
हुमा कुरेशी :
अभिनेत्री हुमा कुरेशीले विद्यार्थीहरूमाथि प्रहरीले गरेको बल प्रयोगको विरोध गर्दै विद्यार्थीहरूको आवाज सुन्नुपर्ने र उनीहरूलाई सम्मानका साथ संवादमा ल्याउनुपर्ने अभिव्यक्ति दिएकी छन् ।
विशाल ददलानी :
चर्चित सङ्गीतकार तथा गायक विशाल ददलानीले सामाजिक सञ्जालमा पोस्ट गर्दै विद्यार्थीमाथि भएको प्रहरी कारबाहीको कडा शब्दमा निन्दा गरेका छन् ।
वीर दास :
स्ट्यान्ड अप कमेडियन र अभिनेता वीर दासले युवाहरू र प्रदर्शनकारी विद्यार्थीहरूको पक्षमा नबोल्ने कलाकारहरूको आलोचना गर्दै देशका युवाको मुद्दामा सबैले साथ दिनुपर्ने बताएका छन् ।
रितेश देशमुख र जेनेलिया देशमुख :
अभिनेता रितेश र अभिनेत्री जेनेलियाले संयुक्त वक्तव्य जारी गर्दै देशका युवाहरूको आवाजबिना कुनै डर सुध्रिनु पर्ने र उनीहरूलाई समर्थन गर्नुपर्ने जनाएका छन् ।
शबाना आजमी :
वरिष्ठ अभिनेत्री शबाना आजमीले पनि आन्दोलनकारी विद्यार्थीहरूप्रति समर्थन व्यक्त गरेकी छन् ।
प्रकाश राज र प्रतिभा रन्टा :
अभिनेता प्रकाश राज र अभिनेत्री प्रतिभा रन्टाले पनि विद्यार्थीहरूको माग र प्रदर्शनको पक्षमा ऐक्यबद्धता जनाएका छन् ।










प्रतिक्रिया