९ श्रावण २०८३, शनिबार

भारतको शिक्षामन्त्रीकी छोरीले किन गरिन् इन्स्टाग्राम डिएक्टिभेट ?

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नयाँ दिल्लीको जन्तर मन्तरमा जारी कक्रोच जनता पार्टी (सीजेपी)को विरोध प्रदर्शनकाबीच केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानकी छोरी नैमिशा प्रधानले आफ्नो इन्स्टाग्राम खाता डिएक्टिभेट गरेकी छिन् ।

सामाजिक सञ्जालमा बढ्दो आलोचनापछि धर्मेन्द्रकी छोरी नैमिशाले आफ्नो इन्स्टाग्राम खाता निष्क्रिय पारेकी हुन् ।

आन्दोलनरत विद्यार्थीहरुले धर्मेन्द्रको राजीनामाको निरन्तर माग गरिरहँदा उनकी छोरी नैमिशा पनि सामाजिक सञ्जालमा व्यापक आलोचनाको सिकार भएकी हुन् ।

सामाजिक सञ्जालमा चलिरहेको राजनीतिक चर्काचर्की अब धर्मेन्द्रको परिवारसम्म पुगेको हो ।

धेरै प्रयोगकर्ताहरूले इन्स्टाग्राम पोस्टहरूको कमेन्टमा नैमिशाको निकै आलोचना गरिरहेका छन् ।

उनका बुबा धर्मेन्द्र देशको शिक्षामन्त्री हुँदाहुँदै पनि नैमिशाले विदेशमा शिक्षा हासिल गरेकोमा विद्यार्थीहरू आक्रोशित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नैमिशाले उच्च शिक्षाका लागि विदेश जाने निर्णय किन गरिन् भन्ने प्रश्न प्रयोगकर्ताहरूले उठाए ।

जुलाई २० मा जन्तर मन्तरमा भएको विद्यार्थी आन्दोलन घटनापछि नैमिशाको विदेशमा भइरहेको अध्ययनबारे आलोचना झन् तीव्र बनेको हो । कतिपय प्रयोगकर्ताले यसबाट भारतको उच्च शिक्षा प्रणाली कमजोर रहेको टिप्पणीहरु पनि गरेका छन् ।

नैमिशाले सन् २०२३ मा म्यासाचुसेट्सको मेडफोर्डस्थित टफ्ट्स विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर पूरा गरेकी छन् । अहिले केही प्रयोगकर्ताहरूले उनलाई कारबाहीको माग गर्दै टफ्ट्स विश्वविद्यालयको सामाजिक सञ्जाल पेजमा पनि यो विषय उठाएका छन् ।

हालैको आन्दोलनमा संसद्‌तर्फ अघि बढिरहेका विद्यार्थी प्रदर्शनकारीहरूविरुद्ध प्रहरीले कारबाही गर्दा यो आन्दोलन अझ चर्किएको हो।

यसैबीच, सीजेपीले सरकारले आफ्ना चार वटा मागहरू पूरा नगरेसम्म विरोध प्रदर्शन जारी राख्ने घोषणा गरेको छ । सीजेपीको पहिलो माग धर्मेन्द्रको राजीनामा हो भने दोस्रो माग आत्महत्या गरेका विद्यार्थीहरुका प्रत्यक परिवारलाई १ करोड रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनु हो । तेस्रो माग शान्तिपूर्ण प्रदर्शनकारीहरूविरुद्ध कुनै पनि मुद्दा चलाउन नहुने र चौथो माग आन्दोलनमा हस्तक्षेप गर्ने सबै प्रहरी अधिकारीहरूमाथि कारबाही गर्नुपर्ने ।

सीजेपीले बुधबार साँझ सामाजिक सञ्जाल ट्वीटरमा एक पोस्टमार्फत सरकारसमक्ष उक्त मागहरू राखेको हो ।

Skip This