११ श्रावण २०८३, सोमबार

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । नेपाली कांग्रेससँगको सत्ता गठबन्धन तोड्दै एमाले प्रदेश सरकारबाट बाहिरिएको हो ।

एमालेका मन्त्रीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामा दिएका छन् ।

सोमबार काठमाडौंमा बसेको एमाले बागमती पदेश संसदीय दलको बैठकले पार्टीको औपचारिक निर्देशन नआएसम्म सरकारबाट नबाहिरिने निष्कर्ष निकालेको थियो । तर, मंगलबार केन्द्रको निर्देशन आएपछि एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएको बताइएको छ ।

बागमती सरकारमा एमालेबाट मधुसूदन पौडेल, विन्दु श्रेष्ठ, डाक्टर दिनेशचन्द्र देवकोटा, जयराम थापा, किरण थापामगर र भरत केसी मन्त्री बनेका थिए ।

यसैबीच, केन्द्रमा एमाले र नेकपाबीच सहकार्यका लागि प्रक्रिया अघि बढेको छ । दुवै दलबीच प्रदेश सरकार निर्माणदेखि राष्ट्रिय राजनीतिक सहकार्यसम्मका विषयमा सकारात्मक समझदारी बनेको बताइएको छ ।