११ श्रावण २०८३, सोमबार

मोदी सरकारविरुद्ध धर्नामा बसेका राहुल गान्धी पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतका प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सांसद राहुल गान्धी पक्राउ परेका छन् ।

नीट प्रश्नपत्र लीक र विद्यार्थीहरूमाथि प्रहरीले गरेको बल प्रयोगको विरोधमा प्रधानमन्त्रीको निवासबाहिर धर्नामा बसेका नेता गान्धीसहित प्रियंका गान्धी, अखिलेश यादवसहितका शीर्ष नेताहरूलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको हो ।

दिल्ली प्रहरीले उनीहरूलाई बसमा राखेर लगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसअघि आजै नेता गान्धीले सामाजिक सञ्जालमार्फत देशभक्त भारतीयहरूलाई ठूलो संख्यामा विरोध प्रदर्शनमा सहभागी हुन आह्वान गरेका थिए ।

उनले लेखेका थिए, ‘विद्यार्थीहरूमाथिको आक्रमण भनेको हरेक भारतीय परिवारमाथिको आक्रमण हो । प्रधानमन्त्री मोदीलाई लाग्छ कि उनी कुनै जवाफ नदिई वा कुनै परिणाम नभोगिकनै उम्कन सक्छन्– तर उनी उम्कने छैनन् । विशेष गरी यसपटक त पक्कै पनि होइन । हाम्रा विद्यार्थीहरू न्यायको हकदार हुन् भन्ने विश्वास राख्ने हरेक देशभक्त भारतीयलाई म प्रधानमन्त्रीको निवासबाहिर हुने हाम्रो धर्ना कार्यक्रममा सहभागी हुन आह्वान गर्दछु । भारतका विद्यार्थीहरूको आवाजलाई बेवास्ता गर्न सकिँदैन ।’

आजै कांग्रेसका धेरै नेताहरूलाई पनि दिल्ली प्रहरीले नै नियन्त्रणमा लिएको थियो ।

कांग्रेसले शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई पदबाट हटाउन माग गरिरहेको छ ।