९ श्रावण २०८३, शनिबार

ओली-प्रचण्ड भेटपछि एमाले–नेकपा सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढ्यो

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तापछि एमाले–नेकपा सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।

दुवै दलबीच प्रदेश सरकार निर्माणदेखि राष्ट्रिय राजनीतिक सहकार्यसम्मका विषयमा सकारात्मक समझदारी बनेको एमाले सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

बस्नेतले सहकार्य प्रदेश सरकार निर्माणमा मात्र सीमित नभई मुलुकको हित, राजनीतिक स्थायित्व तथा कम्युनिस्ट शक्तिहरूबीचको सहकार्यका लागि सकारात्मक पाइला बन्नुपर्ने धारणा व्यक्त गरेका छन्।

वाम शक्तिहरूबीचको सहकार्यले देशलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउने अपेक्षा पनि बस्नेतको छ।

Skip This