९ श्रावण २०८३, शनिबार

‘साउथ एसिया टिचिङ इङ्लिस अनलाइन कन्फ्रेन्स २०२६’ गर्दै ब्रिटिस काउन्सिल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ब्रिटिस काउन्सिलले यही जुलाई २३–२५ सम्म ‘साउथ एसिया टिचिङ इङ्लिस अनलाइन कन्फ्रेन्स २०२६’ आयोजना गर्ने भएको छ । सम्मेलनमा निःशुल्क रुपमा सहभागी हुने व्यवस्था गरिएको छ ।

काउन्सिलका अनुसार तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा दक्षिण एसियाका शिक्षक, अनुसन्धानकर्ता तथा शिक्षा क्षेत्रका विज्ञहरुको सहभागितामा विश्व परिवेशमा विद्यार्थीलाई सफलतापूर्वक अघि बढ्न उनीहरुलाई चाहिने सिर्जनशीलता, त्यसका लागि आवश्यक क्षमता तथा प्रभावकारी सञ्चार सीपलाई विद्यालयहरुले कसरी विकास गर्न सक्छन् भन्ने अहिलेको एक अहम् सवालमा बहस गर्न लागिएको हो ।

सम्मेलनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका विज्ञहरूको सहभागिता रहनेछ । सम्मेलनमा कक्षाकोठामा सिर्जनशीलता, आलोचनात्मक सोच, सहकार्य, विद्यार्थीको सक्रिय सहभागिता तथा कृत्रिम बुद्धिमत्ता (एआई)लाई शिक्षणको पूरकका रूपमा प्रयोग गर्ने विषयमा अनुभव आदान–प्रदान हुनेछ ।

ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले बदलिँदो विश्वमा विद्यार्थीलाई आवश्यक सञ्चार, सहकार्य र आलोचनात्मक सोचजस्ता सीप विकास गर्न सिर्जनशील शिक्षण आवश्यक रहेको बताए । सम्मेलनले शिक्षकहरूलाई अनुसन्धानमा आधारित अभ्यास, व्यवहारिक रणनीति तथा प्रभावकारी शिक्षणका उपायबारे जानकारी दिने उनको भनाइ छ ।

“अहिले विश्व परिवेशमा विद्यार्थीले सफलता पाउनका लागि प्रभावकारी सञ्चार, सहकार्य र आलोचनात्मक सोचजस्ता सीप विकास गर्नु आवश्यक हुन्छ, त्यसका लागि सिर्जनशीलताको महत्वपूर्ण भूमिका छ ।” उनले भने, “यस सम्मेलनमार्फत हामीले व्यवहारिक पक्ष, अनुसन्धानमा आधारित दृष्टिकोण तथा कक्षाकोठामा कार्यान्वयन सकिने शैक्षिक अवधारणा र रणनीतिबारे यस क्षेत्रका शिक्षक तथा सरोकारवालालाई अवगत गराउने अवसर प्रदान गर्नेछौँ । तसर्थ, व्यवसायिक वृत्ति विकासका लागि सम्मेलन आयोजना गर्न पाउँदा हामी उत्साहित छौँ र दक्षिण एसिया तथा विश्वका अन्य क्षेत्रका शिक्षाविद्लाई स्वागत गर्न आतुर छौँ ।”

Skip This