११ श्रावण २०८३, सोमबार

केपी शर्मा ओलीले सामाजिक सञ्जाललाई नेपालमा दर्ता गराउन खोज्नु ठिक रहेछ : खुश्बु ओली

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राप्रपाकी सांसद तथा नेतृ खुश्बु ओलीले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यसअघिको सरकारले सामाजिक सञ्जाललाई नेपालमा दर्ता गराउने निर्णय सही रहेको बताएकी छन् ।

एक टेलिभिजन अन्तर्वार्तामा उनले अहिले सामाजिक सञ्जाल अराजक बन्दै गएको, गलत सूचना र चरित्रहत्याका घटना बढ्दै गएको उल्लेख गर्दै यस्ता गतिविधि नियन्त्रण गर्न सामाजिक सञ्जाल कम्पनीहरू नेपालमा दर्ता भएर कानुनी दायराभित्र सञ्चालन हुनुपर्ने बताइन् । त्यसैले केपी शर्मा ओली सरकारले त्यतिबेला अघि सारेको निर्णय समयानुकूल र आवश्यक रहेको उनको भनाइ थियो । जबकी ओली सरकारले सामाजिक सञ्जाल नियमन गर्न खोज्दा विरोध गर्ने खुश्बु पनि थिइन् ।