९ श्रावण २०८३, शनिबार

‘शिक्षामा कर, स्वास्थ्यमा कर, सास फेर्दा कर, मरेपछि आर्यघाट पुग्दासम्म कर, हाम्रो कहरमाथि नै कर ?’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले बालेन साह नेतृत्वको सरकारले नागरिकका आधारभूत आवश्यकतामाथि अत्यधिक कर लगाएको भन्दै कडा असन्तुष्टि व्यक्त गरेकी छन् ।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै बमले शिक्षा, स्वास्थ्य लगायत दैनिक जीवनका अत्यावश्यक क्षेत्रमा कर थोपारिएको भन्दै सरकारको आलोचना गरेकी हुन् ।

‘शिक्षामा कर, स्वास्थ्यमा कर, सास फेर्दा कर, मरेपछि आर्यघाट पुग्दासम्म कर । हाम्रो कहरमाथि नै कर ? आखिर नागरिकले बाँच्नका लागि चाहिने हरेक आधारभूत आवश्यकतामै कर तिर्नुपर्ने हो, सरकार ?’ उनको प्रश्न छ ।

बमले सरकारलाई नागरिकका बाध्यतामाथि थोपारिएको कर तत्काल खारेज गर्न चेतावनी दिएकी छन् ।

‘यसलाई तपाईंहरूले आग्रह ठान्नुस् वा चेतावनी । नागरिकका बाध्यतामाथि थोपारिएको कर तत्काल खारेज गरियोस् ।’ बमले लेखेकी छन्, ‘सच्चिनुहोस् । सच्याउनुहोस् । नत्र जनताले बारम्बार आफैँ सच्याएका उदाहरणहरू पनि छन् ।’

Skip This